विपत् नियन्त्रणका लागि तयारी अवस्थामा रहन सशस्त्रलाई महानिरीक्षक पौडेलको निर्देशन

काठमाण्डु- सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले पदवहाली गरेका छन्। पदवहालीसँगै उनले निर्देशन सम्बोधनको क्रममा अग्रजहरूले देखाएको त्याग, समर्पण, व्यावसायिकता र बलिदानीप्रति उच्च सम्मान गर्दै संगठनको श्रीवृद्धिका खातिर अमर सहिदहरूले देखाएको बाटोमा समर्पित भई कर्तव्य पालना गर्न दृढ संकल्पका साथ लाग्न जोड दिएका छन्। संगठनले हासिल गरेका उपलब्धिहरू आधार भएको बताउँदै उनले भने, ‘त्यो…