काठमाण्डु– सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट बैठक सुरु भएको हो। बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ। सरकारले यही वैशाख १९ गते संसद्मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक…