काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले शनिबार एक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध र मर्माहत भएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र…