काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम सही दिशामा अघि बढिरहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरणले बनाइरहेको आयोजनाबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँगको छलफलमा मन्त्री पुनले यस्तो बताएका हुन्। पुनले निर्धारित समय भित्र काम सक्नेगरि अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी गराए । सहज रुपमा काम…