काठमाडौँ— आर्थिक विधेयक २०७६ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले विनियोजन विधेयक २०७६ को आंगिक विधेयक मध्येको आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री डा…