रौतहट – बागमती सिँचाइ आयोजनाले आफ्नो अधिकार क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका घर टहरा तथा अन्य संरचनाहरू हटाउने प्रक्रियालाई तीव्रता दिएको छ । नेपाल सरकारको सरकारी जग्गा खाली गराउने नीतिअनुसार आयोजनाले यस्तो कदम चालेको हो । आयोजनाले २०८२ चैत्र २६ गते नै सूचना जारी गरी नहर क्षेत्रका संरचना स्वेच्छाले हटाउन आग्रह गरे पनि हालसम्म अतिक्रमणकारीहरूले…