सुकुमबासीको अस्थायी व्यवस्थापनका लागि ५ केन्द्र तय

काठमाण्डु – दशरथ रंगशालामा सुकुमबासीको विवरण संकलन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । शहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमबासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप प्रक्रिया अघि बढाइएको हो । बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई ५ फरक स्थानमा राख्ने योजना बनाइएको छ । तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय खरिपाटीको विद्युत्…