काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् । शुक्रबार १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे । उनले भने, ‘वर्तमान सरकारले एकपछि…