काठमाडौँ - काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज (शुक्रबार) घोडेजात्रा पर्व मनाइएको छ । यो जात्रा हरेक वर्षको चैत कृष्ण औँसीको दिन मनाइन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । जनविश्वास अनुसार गुरुमापा भनिने तुडी नाम गरेको राक्षसले यौटा ख्य अर्थात चौरमा बसी शहरका केटाकेटी खाने हुँदा त्यसको अत्याचारबाट आतङ्कित भएका शहरका बासिन्दाले…