स्व.अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल पुगेर हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलीअर्पण गरेका थिए । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलीका लागि उनीहरुको शव बिहान टुँडिखेलमा राखिएको छ ।