मन्त्री अधिकारीसहित मृतक सातै जनालाई टुंडिखेलमा श्रद्धाञ्जली दिइने

काठमाडौं - बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई बिहीबार टुँडिखेलमा ल्याई श्रद्धाञ्जली दिइने भएको छ। मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जली दिइने भएको हो। अहिले मृतक सबैको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा रहेको छ।…