पार्टीभित्र व्यापक एकताका लागि सबै साथीहरूसँग संवादमा छु : गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगर पुगेका छन्। बुधबार कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन थापा विराटनगर पुगेका हुन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘पार्टीको अहिलेको अवस्थालाई पनि मध्यनजर गरेर सबै पार्टीका साथीहरूले यसलाई बुझ्नु पनि हुन्छ।…