काठमाण्डु - संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२को बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको बैठक बिहीबार दिउँसो बस्न लागेको हो । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो। बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका…