हेडसरसँगको विवादमा रास्वपा सांसद पोखरेलद्वारा क्षमायाचना

काठमाण्डु – ओखलढुङ्गाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विद्यालयको निरीक्षणका क्रममा प्रधानाध्यापक (हेडसर) सँग भएको विवादित घटनाप्रति औपचारिक रूपमा क्षमायाचना गरेका छन् । सांसद पोखरेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयम गुमेको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन् । संघीय संसद्को बैठक स्थगित भएको अवसरमा…