काठमाण्डु– अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरुको संस्था -पूर्वआईजिपी मञ्चले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरी तालिम केन्द्रमै फिर्ता ल्याउने सरकारको निर्णयको स्वागत गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको सराहना गरेको हो । सरकारले प्रहरीको जिउँदो इतिहासको रक्षा गरेको मञ्चको भनाइ छ । ‘संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी…