राजदूत अर्यालले ओहोदाको प्रमाणपत्र बुझाए

काठमाडौँ– जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नेपाली दूतावास कायरोका अनुसार राजदूत अर्यालले यही भदौ १७ गते आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट जोर्डनका राजा हुसेनको सुस्वास्थ्यको कामना गर्दै जोर्डनी जनताको सुख शान्तिको कामना गरिएको सन्देशसमेत प्रदान…