काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् । बिहीबार काठमाठौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिए ।…