काठमाडौ - कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन। नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो। नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।युरोपमा पुनर्जागरणको कालखण्डको…