बुटवल - लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी हुन्। सेनाको हेलिकोप्टरमार्फत् लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममको उद्घाटन गरेकी हुन्। लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको…