काठमाण्डु- विभिन्न सामाग्री आयात हुँदै आएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल र चीनबीचको व्यापारिक नाकाबाट हेलिकोप्टर पनि आयात गरिएको छ । उक्त नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपाल भित्रिएको हो । ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व असुलीसँगै प्रविधिकहरुले पूर्णरुपमा जाँच गरेपछि बिहीबार तातोपानीबाट हेलिकोप्टर काठमाडौंतर्फ पठाइएको छ । भूकम्पपछि चीनका विभिन्न सहरबाट सामान आयात गर्दै…