काठमाण्डु - प्रधानमन्त्री बालेन शाहले आमाको मुख हेर्ने पर्वको अवसरमा शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिँदै आफ्नो शुभकामनामा ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् लेखेका छन्। साथै, ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेर समेत उनले उल्लेख गरेका छन्।