काठमाण्डु– बाढी र पहिरोका कारण हाल देशभरका २ सडक पूर्ण रुपमा बन्द रहेका छन् । भेरी करिडोर र चंखिला सडक खण्ड पूर्ण रुपमा अबरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यस्तै रवि-राके-भेडेटार सडक, महेन्द्र राजमार्ग, कालिगण्डकी करिडोर, बेनी–जोमसोम सडक, पोखरा बाग्लुङ सडक, जुम्ला मुगु सडक एकतर्फी सञ्चालनमा आएका छन् ।