विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य पदमा इञ्जिनीयर रोहित पौडेल नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार प्राधिकरण सञ्चालक समितिको सदस्यमा पौडेललाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्य पौडेल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का वासिन्दा हुन् । मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त…