भक्तपुर- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ । सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो…