फोरमको संसदीय दलको नेतामा यादव

काठमाडौं- संघीय समाजवादी फोरमको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित भएका छन् । आज बसेको फोरमको संसदीय दलको बैठकले यादवलाई दलको नेतामा चयन गरेको हो । उनी पार्टी अध्यक्ष समेत हुन् । सरकारमा जान फोरमले आफ्नो तर्फबाट तयारी गरिरहेको छ । प्रतिनिधिसभामा फोरमका १६ जना सांसद छन् ।