हरियो स्टिकर नलगाइएका सवारी साधन वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश रोक

काठमाडौँ– सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्याक्रममा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताए । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छौं , प्रदूषणमा फेल…