राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथ नगराउन सर्वाेच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रियसभाका लागि मनोनित तीन सदस्यलाई तत्काल शपथग्रहण नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले २० फागुनमा रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाउँदै अल्पकालीन आदेश दिएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ । पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै वर्तमान सरकारले रामनारायण बिडारी,…