काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा मंसिर ८ गतेदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ११औं प्लेनरी…