गोरखा– नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाम गठबन्धनले बहुमत ल्याएर स्थिर सरकार बनाउने बताएका छन्। गृहजिल्ला गोरखा पुगेका नेता श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै अब चुनावबाट वाम गठबन्धनले बहुमतको सरकार बनाउने दाबी गरे। बामपन्थी पाटीबीचको एकतालाई पूर्णता दिन आवश्यक रहेको उनले बताए। वामपन्थीको स्थिर सरकारले शान्ति र समृद्धिको ढोका खोल्दै मुलुकको…