काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना आवासीय राजदूतहरूलाई अन्य मुलुकहरूका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) अनुसार गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्ले अब गणतन्त्र पेरुका लागि पनि गैरआवासीय राजदूत बनेका छन् । यसैगरी, कतारका लागि आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि…