काठमाण्डु- प्रहरीले गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको राजावादीको हिंसात्मक घटनाको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रहरीले शुक्रबार १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमार्फत प्रहरीले प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न राय दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका…