काठमाण्डु– हिमालय माध्यमिक विद्यालय दमक झापाका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । भवन निर्माणको प्राविधिक…