काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्ग्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । सो क्रममा पदाधिकारीहरुले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त…