साँझपख विद्युत् अवरुद्ध, भारतबाट आउने लाइनमै ‘फल्ट’

काठमाण्डु – भारतबाट आउने लाइनमै ‘फल्ट’ हुँदा बिहीबार साँझ संघीय राजधानी काठमाण्डुसहित देशका अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको छ । खाना पकाउने समयमा बिजुली जाँदा काठमाण्डु उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् । भारतबाट नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा विद्युत् आउँछ, जुन बाटोमा प्राविधिक समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले…