काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको भेटमा चिनियाँ टोलीले शुक्रबारदेखि काठमाण्डुमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले नेपालको विकास…