काठमाण्डु – काठमाण्डुको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहीबार बिहान आगो लागेको हो । आगो निभाउने प्रयास जारी छ । आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायतबाट जम्मा ८ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।…