काठमाण्डु– अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै लाइसेन्स छपाइ बन्द गरिएको हो । यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ…