जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षड्यन्त्र गरिरहेको बताए ।…