काठमाण्डु-नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी टुँडीखेलमा भएको गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको घुसपैठ भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आज विशेष समय लिएर सम्बोधन गर्दै उनले रास्वपाले धार्मिक सहिष्णुता भंग गर्न खोजेको टिप्पणी गरे । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने…