मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाण्डु–तराई/मधेश दुु्रतमार्ग आधुनिक विकासको नमूना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणाधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाण्डु–निजगढतर्फको १ दशमलव ७२८…