यसपालि सुकुमबासी बस्ती हटाउने अभियान यसकारण शान्तिपूर्ण

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ काठमाण्डु महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउन चाहन्थे । महानगरले थापाथलीबाट सुकुमबासी बस्ती हटाउने कामको थालनी गर्न खोजेको थियो । तर ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तो भइदियो । २०७९ मंसिर १२ गते महानगर प्रहरीको टोली सुकुमबासी बस्ती खाली गर्न डोजरसहित थापाथली पुग्यो । जब महानगर प्रहरीका…