बुटवलमा सरकारी जग्गा हडपेर बसेका स्थानीय आफैं ठाउँ खाली गर्दै

काठमाण्डु– सरकारले काठमाण्डुका सुकुमबासीलाई हटाउन थालेपछि अन्य जिल्लामा सरकारी जमीन हडपेर बसेका स्थानीय आफैँ ठाँउ खाली गर्न थालेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि सरकारी जग्गामा बनेका घर–टहरा स्थानीयले आफैँ हटाउन थालेका हुन्। बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरेपछि त्यहाँका बासिन्दा आज बिहानैदेखि आफ्नो संरचना हटाउँदै अन्यत्र सर्न थालेका…