७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्छ : महामन्त्री थापा

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले संसद्मा पढेर सुनाउनुपर्ने बताएका छन् । ४२औं विपी स्मृति दिवसका सन्दर्भमा ओयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस–एमालेबीच भएको सहमतिका बुँदा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने क्रममा पढेर सुनाउनुपर्ने बताएका हुन् । ‘हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा, अथवा विश्वासको मत लिँदै गर्दा…