सरकारमा गएर सोचेजस्तो काम गर्न सकिएन : मन्त्री लामिछाने

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारमा गएर सोचेजस्तो काम गर्न नसकिएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति लामिछानेले सरकारमा गएर गरेका कामप्रति सन्तुष्ट नरहेको बताए । सरकारमा गएपछि आफूले सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीबीच राम्रो काम गरेको…