काठमाण्डु –प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समितिले थप छलफल गर्ने भएको छ । सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसँग छलफल गरेपछि समितिले थप छलफल गर्नुपर्ने निर्णय गरेको छ । समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने जनाइएको छ । बैठकमा सांसदहरूले प्रधानविरुद्धको उजुरीबारे प्रश्न गर्दा उनले जवाफ…