काठमाण्डु- प्रतिनिधिसभाको बैठक बुधवार बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन्। साथै, आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता…