काठमाण्डु– त्रिभुवन विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरी कारबाहीमा परेका छन्। वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझामाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई कारबाही गरिएको हो । उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । सो कार्यमा संलग्न ३ जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको…