परासी – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिनाभित्रमा अधिकारसम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । पश्चिम नवलपरासीको सुस्तामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या २ वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । नयाँ गठबन्धन सरकारले भूमि आयोग विघटन गरेको छ । लामो समयसम्म जमिन जोतभोग गर्दै…