काठमाण्डु- मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ । बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको हो । यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय . नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष…