बालकुमारी घटना देखिए जस्तो छैन,त्यसभित्र अर्कै छ :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका छन् । सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबार बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका हुन् । ‘बालकुमारी घटनमा चिज…